राजस्थान रोयल्स आइपिएल २०२३ को शीर्ष स्थानमा पुगेको छ।
बिहीबार राति चेन्नई सुपरकिंग्सलाई ३२ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा पुगेको हो।
पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतिमा २०२ रन जोडेको थियो।
राजस्थानका लागि ओपनर यशश्वी जैसवालले ७७ रन जोडे। उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा चेन्नईका तुसार देशपाण्डेले २ विकेट लिए।
२०३ रन पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन जोड्न सक्यो।
चेन्नईका लागि ओपनर रुतुराज गायकवा८ले ४७ रन र शिभम् दुवेले ५२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा राजस्थानका एडम जम्पाले ३ विकेट लिँदा रविचन्द्रन आस्विनले २ विकेट लिए।
अंक तालिकामा राजस्थान ८ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको गुजरात र तेस्रो स्थानको चेन्नईको पनि १०-१० अंक नै छ।