आइतबार भएको इन्डियन प्रिमियर लिग चरणको अन्तिम खेलमा चेन्नइले पञ्जाबलाई पराजित गरेको छ।
चेन्नइ विकेटले विजयी भएको हो। पञ्जाबले एक सय ५४ रनको लक्ष्य दिएको लक्ष्यलाई चेन्नइले १९.१ ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो।
एकसमय ४.४ ओभरमा २७ रन मात्र जोड्दा आफ्ना सुरूवाती तीन वीकेट गुमाएको चेन्नईको जीतका लागि सुरेश रैनाले ४८ बलमा ४ चौका, २ छक्का सहित बनाएको नटआउट ६१ रन र दीपक चाहरले २० बलमा १ चौका र ३ छक्काको मद्दतमा बनाएको ३९ रन महत्वपूर्ण योगदान रह्यो।
चेन्नईले टस जितेर पञ्जाबलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
हारसँगै पञ्जाबको यस वर्षको आइपिएल यात्रा समाप्त भएको छ। यस हारका कारण राजस्थान प्लेअफमा परेको छ।
१४ मध्ये ९-९ खेल जितेर हैदरावाद र चेन्नइ अंक तालिकामा क्रमश: पहिलो र दोस्रोमा छन् । त्यस्तै कोलकाता र राजस्थान पनि प्लेअफमा परेका छन्।
पहिलो सेमिफाइनल मंगलबार हैदरावाद र चेन्नइबीच हुने छ। सो खेलको बिजेता सिधैं फाइनलमा जाने छ भने हार्ने टिमले फाइनलमा पुग्नका लागि कलकत्ता र राजस्थानबीचको खेलमा विजयी हुने टिमसँग फेरि भिड्ने मौका पाउनेछ।