नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष डिसकस थ्रोमा त्रिभुवन आर्मी क्लबका चित्रबहादुर ओलीले स्वर्ण जितेका छन्।
उनले ३८.४१ मिटर फ्याँक्दै स्वर्ण जितेका हुन्।
पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते। खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे।
महिलामा लुम्बिनीकी संगीता अधिकारीले अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितिन्।
सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३.६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै काँस्य पदक जितिन् ।
यसअघि सोमबार आर्मीले महिला सय मिटर हर्डल्स र पुरुष एक सय १० मिटर हर्डल्समा स्वर्ण जितेको थियो।
३ हजार मिटर स्टिपल चेजको स्वर्ण भने कर्णालीका दुर्गा बुढाले जितेका थिए।