दाङको भालुवाङमा निर्माण गरिएको ५० शय्याको अस्पतालको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार भालुवाङ अस्पतालको उद्घाटन गरेका हुन्।
यसअघि उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी बनाइएको थियो भने अहिले प्रस्तावित ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिएको हो। २०७८ सालमा प्रस्तावित अस्पतालको रुपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो ।
अस्पतालको रुपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन्।
अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विशिष्टीकृत अस्पतालको रुपमा संचालन गर्ने गरी योजना अगाडि बढाएको बताए।
मुख्यमन्त्री आचार्यले जनशक्तिको व्यवस्थापन सरकारले गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको जिम्मेवारी अस्पतालले लिने बताए।
दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका केहि पालिकाहरुलाई पायक पर्ने स्थानमा अस्पताल निर्माण गरिएको र ती क्षेत्रका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रुपमा संचालन गर्नुपर्ने उनले बताए।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरुबाट विशेषज्ञ सहितको उपचार सेवा पुर्याउने गरी अस्पतालरुलाई पूर्वाधार र जनशक्ति व्यवस्थापनमा सरकारले योजना बनाइरहेको बताए।
‘भौतिक पूर्वाधार भएर मात्र हुँदैन, बिरामीलाई विशेषज्ञ सहितको भरपर्दो उपचार सेवा पुर्याउने त्यहि अनुसारको जनशक्ति र उपकरण आवश्यक पर्छ। सरकार यी सबैको व्यवस्थापन गर्ने गरी अगाडि बढेको छ,’ मुख्यमन्त्री आचार्यले भने।
उनले नयाँ विशेषज्ञ जनशक्ति आवश्यक भएपनि खोलिएका विज्ञापनमा भने खोजेजस्तो आवेदन नआएको बताए।
उनले दुर्गम क्षेत्रका अस्पतालहरुमा विशेषज्ञ डाक्टरको अभाव देखिएकोले सुगम क्षेत्रमा थुप्रिएका विशेषज्ञ डाक्टरहरुलाई अन्य स्थानमा पठाउने समेत बताए।
‘सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने गरेको छ तर, विकट र दुर्गम मानिएका क्षेत्रमा जनशक्ति जान चाहँदैन। सरकारले यस्ता समस्यालाई गम्भीर रुपमा लिएर सुधारका लागि पहल गर्छ, उनले भने।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए। प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा अब भने घरआँगनमै सेवा लिन पाईने भन्दै खुसी व्यक्त गरे।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर आकाश बेल्वासेले अस्पतालमा जटिल प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरिँदै आएको जानकारी दिए। बेल्बासेका अनुसार हालसम्म शल्यक्रिया मार्फत ५१ जनाले प्रसूति सेवा लिएका छन्।
शल्यक्रिया सेवा विस्तार भएपछि अस्पतालमा रक्त सञ्चार केन्द्र आवश्यक रहेको उनले बताए। शिक्षामा लगानी गर्न प्रशस्था बजेट भएको बताए। आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उनले त्यसपछिको कुनैपनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको दाबी गरे।