बुधबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम स्थिर छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ।
बुधबार यहाँ ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो।
एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन।
मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसअघि सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो।
शनिबार पश्चिम न्यूनचापीय प्रणालीका कारण देशभरि मौसम बदली हुँदा अधिकतम तापक्रम घट्दा त्यसदिन चिसो महशुस भएको थियो।
त्यसबाहेक अधिकतम तापक्रम १७ देखि २० डिग्री सेल्सियसकाबीच रहेको छ।
आज पनि काठमाडौंको अधिकतम तापक्रम १८ देखि डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार आगामी तीन दिनसम्म वर्षाको सम्भावना नरहेका कारण काठमाडौंको न्यूनतम तापक्रम यही हाराहारीमा रहनेछ।
बिहीबार हिमाली भूभागमा आंशिक बदली हुने तथा बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान रहेको पनि पुडासैनीले जानकारी दिए।