काठमाडौंको तारकेश्वरमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
बुधबार राति तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई हत्या आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनले आफ्नी ३५ वर्षीया श्रीमती सर्मिला मग्रातीको हत्या गरेको आरोप छ।
सर्मिलामाथि करूवा प्रहार गरी हत्या गरेको आरोप छ।
घटनाबारे खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले भिमसेनलाई पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।