नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रमेश लेखकले बुध पाँच जना एसएसपीको सरूवा गर्ने निर्णय गरेको हो।
उक्त निर्णयअनुसार जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख फेरिएका छन्। त्यहाँ रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरूवा गरिएको छ।
ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारीको सरूवा गरिएको हो।
त्यस्तै त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सोमेन्द्रसिंह राठौरको सरूवा भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पठाएको छ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा भूपेन्द्र खत्रीको सरूवा भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा एआइजी टेकबहादुर तामाङको सरूवा गर्ने निर्णय भएको हो।