बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक-एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-६ का ५० वर्षिय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका-३ का ४९ वर्षिय पुरुष रहेका छन् ।
कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचारत् दुबैको बिहीबार विहान मृत्यु भएको हो । मृत्यु भएका कपिलवस्तुका पुरुष मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए।
त्यस्तै नवलपरासी पश्चिमका पुरुषमा कलेजो र मिर्गौलाको रोगी भएको अस्पतालले जनाएको छ ।
कोरोना विशेष अस्पतालमा हाल १४ जनाको सघन उपचार कक्षमा र २६ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।