अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ।
शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरि माविको क्वारेन्टिनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले बुधबार विहानपख झुण्डिएर आत्महत्या गरेका थिए।
उनी क्वारेन्टिन बनाइएको विद्यालय परिसरमै रहेको रुखमा झुण्डिएका थिए। आफ्नै बिस्तारामा विच्छ्याइएको तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा विहान फेला परेका थिए।
गत जेठ १० गते भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका उनको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि २६ गते स्वाव संकलन गरिएको नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिए ।
बिहानै उनले आत्महत्या गरेपनि पिसिआरको रिपोर्ट नआएका कारण दिनभरी नै उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो । नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट आएपछि अपरान्ह ५ बजेतिर नेपाली सेनाले वडा नम्बर ५ कै जङ्गलमा लगेर गाडेको जानकारी दिए।
आजै सुर्खेतको सिम्ता गाउँपालिका ८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
हेर्नुस्- सुर्खेतकी युवतीमा आत्महत्यापछि कोरोना पुष्टि