कर्मचारी सरुवा स्थगित गरिएको निर्णय फुकुवा भएको छ ।
सरकारले भदौ १२ र १४ गते कर्मचारी सरुवा कामकाजसम्बन्धी निर्णयहरूको स्थगन फुकुवा गरेको हो । निर्वाचन आयोग मार्फत उक्त स्थगन फुकुवा भएको जानकारी सामान्य मन्त्रालयलाई प्राप्त भएको हो । पत्रमा लेखिएको छ, ‘२०७४/५/१२ र २०७४/५/१४ मा भएका सरुवा/काज/कामकाज सम्बन्धी निर्णयहरु स्थगन फुकुवा गरिएको व्यहोरा नेपाल सरकार मन्त्रीस्तरको मिति २०७४/५/२७ को निर्णयानुसार अनुरोध छ ।’
सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरित गरेका कर्मचारी सरुवा स्थगित गरेको थियो । निर्वाचन आयोगले यही भदौ १६ र १८ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर सरुवा रोक्न भनेको थियो ।
सामान्य प्रशासन मन्त्रालयले मङ्गलबार सूचना जारी गरी सरुवा गरिएका कर्मचारीलाई अबिलम्ब खटाइएका क्षेत्रमा जान आग्रह गरेको छ ।