पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन् ।
उनले मङ्गलबार सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्तरगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए ।
उनले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरू नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरू मधेसका जनताबीच पार्टीको एजेण्डा लिएर जानुपर्ने बताए । रासस