जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई १० कारण दिइ पार्टीबाटै निष्काशन गरिएको छ।
बिहीबार पार्टीको केन्द्रिय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्य सचिव अनिता कुमारी मण्डलले संयुक्त हस्ताक्षर गर्दै विधानको १० वटा नियम उल्लंघन गरेको हुँदा पार्टीबाट निष्काशन गरेको पत्र साहलाई पठाएको हो।
साहलाई पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको आरोप छ।
यसअघि साहलाई छ महिनासम्मका लागि सम्पूर्ण पदबाट निलम्बन गरिएको थियो। निलम्बन निर्णय सम्बन्धी आधारभूत प्रमाण र कागजात उपलब्ध नगराइएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदनमा गएका थिए।
यी हुन् साहलाई पार्टीबाटै निष्काशन गर्दा दिइएका १० आधार-
- पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको
- पार्टीभित्र गुटबन्दी वा पड्यन्त्र गरेको प्रमाणित भएको
- पार्टीको नीति, नियम, निर्णय र कार्यक्रमहरूको विरोधमा सार्वजनिक अभिव्यक्ति
- दिएर दुःस्प्रचार गरेको
- पार्टी र नेतृत्वप्रति निष्ठा र विश्वास नरहेको प्रमाणित भएको
- पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएको
- पार्टीको नाम, छाप, लेटरप्याड, सदस्यता रसिद वा पदको नाम बिना आधिकारिकता प्रयोग गरेको वा कुनै पनि तरीकाले दुरूपयोग गरेको
- पार्टी समितिको गोपनियता बदनियतले भंग गरेको
- पार्टीको जिम्मेवारीमा रहँदा पार्टीको निर्णय र निर्देशन विपरीत कार्य गरेको
- पार्टीको विधान वा नियमावलीमा सदस्यहरूले पालन गर्नुपर्ने भनी उल्लेखित कर्तव्यको उल्लंघन गरेको