शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे पुन: छलफल सुरू भएको छ।
बिहीबारको बैठकमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ कायमै राखेर जाने सहमति भएको छ।
विधेयकमा विव्यस र अभिभावक संघ राख्ने प्रस्ताव गरे पनि छलफलका क्रममा हटाइएको थियो। तर विव्यस र अभिभावक संघ राख्ने पुन: सहमति बनेको हो।
परामर्श उपसमितिले विव्यस र अभिभावक संघ राख्नेलगायत विभिन्न विषयमा सहमति जुटाएको थियो। उक्त सहमतिलाई समितिका सभापति अम्मरबहादुर थापाले समिति बैठकमा प्रस्तुत गरेका छन्।
शिक्षक बढुवामा तीन प्रस्ताव;
साथै परामर्श उपसमितिले शिक्षक बढुवामा तीन वटा प्रस्ताव गरेको छ। कार्यक्षमता मूल्याङ्कन, जेष्ठता र आन्तरिक प्रतियोगिता राख्ने प्रस्ताव छ।