नेकपा (एमाले)का नेताहरुले विधान महाधिवेशन स्थलको अवलोकन गरेका छन्।
बिहीबार बिहान एमाले नेताहरूले ललितपुरको गोदावरीस्थित सनराइज हलको अवलोकन गरेका हुन्।
अवलोकनका लागि एमाले कार्यवाहक अध्यक्ष रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पुगेका थिए।
एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म हुनेछ।