प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेर गर्ने बाटो खुलेको छ।
सरकारले केही नेपाल ऐन संशोधनमार्फत् मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता हेरफेरका लागि बाटो खोलेको हो।
मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ३ मा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी व्यवस्था रहेको थियो। जसमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक ९ हजार, उपप्रधानमन्त्रीको मासिक ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय हुने उल्लेख थियो।
सरकारले ऐनको यही व्यवस्थालाई संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता राजपत्रमा प्रकाशन गरी तोकेबमोजिम दिन सकिने व्यवस्था गरेको हो। त्यस्तै ऐनको दफा ७ मा रहेको दैनिक र भ्रमण भत्ता सम्बन्धी व्यवस्था पनि संशोधन भएको छ।
ऐनले दैनिक भत्ता अन्तर्गत प्रधानमन्त्रीले २ सय १० रुपैयाँ, उपप्रधानमन्त्रीले १ सय ९५ रुपैयाँ, मन्त्रीले १ सय ९० रुपैयाँ, राज्यमन्त्रीले १ सय ८० र सहायक मन्त्रीले १ सय ४५ भत्ता पाउने उल्लेख थियो।
२०४९ सालमा बनेको उक्त ऐनले मन्त्रीहरूको पैदल भ्रमण भत्तादेखि, मोटर र रेलमा यात्रा गर्दा पाउने भत्ताको समेत उल्लेख गरेको थियो।
सरकारले संशोधनमार्फत् यस्तो भत्ता भ्रमण भत्ता सम्बन्धी प्रचलित कानूनमा निर्धारण भएबमोजिम दिने व्यवस्था गरेको हो। मन्त्रीहरूले सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भत्ता पाउनेछन्।
हाल सरकारले कार्यसञ्चालन ऐन निर्देशिका मार्फत् प्रधानमन्त्री र मन्त्रीहरुको सेवा, सुविधा र पारिश्रमिकको व्यवस्था गर्दै आएको थियो।
पद
|
मासिक पारिश्रमिक (रु.)
|
मसलन्द/अतिथि सत्कार (रु.)
|
महँगी भत्ता (रु.)
|
सञ्चार सुविधा (रु.)
|
जम्मा (रु.)
|
पेट्रोल (लिटर)
|
मोबिल (लिटर, वार्षिक)
|
कर्मचारी संख्या
|
आवास सुविधा
|
प्रधानमन्त्री
|
७७,२८०
|
१०,०००
|
२,०००
|
५,०००
|
९४,२८०
|
३०६
|
४०
|
३४
|
बालुवाटार
|
उपप्रधानमन्त्री
|
७५,६४०
|
४,०००
|
२,०००
|
३,०००
|
८४,६४०
|
३०६
|
४०
|
८
|
-
|
मन्त्री
|
७०,७३०
|
३,५००
|
२,०००
|
३,०००
|
७९,२३०
|
२०७
|
-
|
७
|
भैँसेपाटी
|
राज्यमन्त्री
|
६७,०३०
|
३,०००
|
२,०००
|
३,०००
|
७५,०३०
|
२००
|
४०
|
७
|
भैँसेपाटी
|
सहायकमन्त्री
|
६५,५३०
|
२,५००
|
२,०००
|
३,०००
|
७३,०३०
|
१८०
|
२०
|
७
|
-
|