प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिका नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनताको टाउकोमा पड्काइएको बताएका छन्।
आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीले गरेको वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाहिरै बम बनाउने तालिम लिएर नेपालमा पड्काइएको बताएका हुन्।
'बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातिमा पड्काएर छोडे । उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए । बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए,' प्रधानमन्त्री ओलीले भने।
उनले त्यतिबेला गाह्रो पर्दा बेवारिसे छाडेर हिडेको बमका कारण अहिले पनि बच्चाबच्चीहरुको निधन भइरहेको बताए।
ओलीले उनीहरू वामपन्थी नै नभएको बताए।
'त्यस खालका तत्वहरु हामीले वामपन्थी भनेर मिलायौँ । कम्युनिष्ट भनेर मिलायौँ । तर वास्तवमा ति वामपन्थी थिएनन्,' उनले भने।
त्यसकारण उनीहरुले कम्युनिस्ट पार्टीको महानता उनीहरूले नबुझेको ओलीको भनाइ छ।
'यो महान विजय उनीहरुले सहनै सकेनन् । विचार गर्नुहोस् त । हाम्रो पार्टी नफुटेको भए, एक्लै हामी जुन ठाउँमा पुगेका थियौँ त्यही ठाउँमा पुगेको भए,' उनले भने।
यद्यपि एमाले पुनः प्रमुख शक्तिका रूपमा आएको बताए।
'सिध्यायौँ एमालेलाई भन्दा फेरी सरकारको नेतृत्व गरिरहेको छ भने त्यो नेकपा (एमाले) अभिवाजित पार्टी रहेको भए के हुन्थ्यो । तर उनीहरुले कुनै पनि हालतमा अविभाजित पार्टी रहन नदिने र नेपाललाई खान नदिने बाहिरी उद्देश्यका मतियार भएर उनीहरुले त्यस्ता कामहरू गरे,’ उनले भने।
भिडिओ: