नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाए प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद मोदीले सरकारले कुलमानलाई बर्खास्त गर्ने तयारी गरेको बताउँदै त्यसो भए प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
उनले कुलमानकै कारण मुलुक आज लोडसेडिङमुक्त भएको पनि दाबी गरे। त्यस्तो व्यक्तिलाई स्पष्टिकरण सोधेर सरकारले बर्खास्त गर्ने तयारी गरेको उनको भनाइ छ।
'सरकारले राम्रो काम गर्न त सकेन राम्रो काम गर्न खोज्नेलाई पनि हटाइराखेको छ। बर्खास्त गरिराख्नुभएको छ,' उनले भने, ' कुलमानको विषयमा पनि यदी त्यस्तो हो भने। प्रतिरोध गर्छौं।'