नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ।
विपक्षी दलहरूको बैठक अहिले केही बेरमा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सुरू हुने एक नेताले जानकारी दिए।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायत दल विपक्षमा छन्।
सरकारले केही दिनअघि जारी गरेको अध्यादेश, संसद अधिवेशन बोलाउन दबाब दिने लगायत समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरू बस्न लागेका हुन्।