कालिमाटी तरकारी बजारमा रायोको सागको भाउ आज १० रूपैयाँ प्रतिकिलो छ।
बुधबारका लागि सार्वजनिक भएको थोक मूल्य सूचीमा रायोको साग १० देखि २० रूपैयाँ प्रतिकिलो कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
अरू सागको भाउ भने महँगो छ। पालुगो साग ७० देखि ८० रूपैयाँ, चमसुरको साग ७० देखि ८० रूपैयाँ, तोरीको साग ३० देखि ४० रूपैयाँ र मेथीको साग ७० देखि ८० रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
बुधबार भारतीय ठूलो गोलभेडाको भाउ स्थिर रही ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
सानो गोलभेडाको भाउ २ रूपैयाँ घटेर १८ देखि २५ रूपैयाँ प्रतिकिलो तोकिएको छ। त्यस्तै रातो आलु ४४ देखि ४७ रूपैयाँ प्रतिकिलो, सुकेको प्याजको भाउ ६५ देखि ६८ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
काउलीको भाउ केही बढेको छ। मंगलबार प्रतिकिलो १५ देखि २५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको काउलीको भाउ बुधबार २० देखि ३० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्ता छन् आजको तरकारीको भाउ :