भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीमा राखिएका सबै बचत सरकारले फिर्ता गर्ने हो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसदहरूसँग उनले संकटग्रस्त सहकारीका बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने कार्यलाई सरकारले प्रचलित कानूनबमोजिम अघि बढाएको पनि बताए।
‘बचतकर्ताको बचत सुरक्षामा प्रचलित कानूनको अधिनमा रही सम्पूर्ण निक्षेपकर्ताहरूको बचत सुरक्षा गर्ने सन्दर्भमा सरकारले अत्यन्तै गम्भीर भएर काम गरिराखेको छ। चाहे ती साना हुन्, चाहे ती ठूला हुन्। सानाठूला नभनी हामीले कानूनसम्मत रुपमा चलेका, राखिएका, गरिएका कामहरूमा प्रचलित कानूनको अधिनमा रहेर गर्ने कुरामा सरकार फरक मत राख्दैन, अत्यन्तै जिम्मेवार भएर सरकारले काम गरेको छ,’ उनले भने, ‘उनले सहकारीमा राखिएका सबै बचत सरकारले फिर्ता दिने हो? यो कुरा यहाँहरू बौद्धिक सर्कलको बीचमा बहसको विषय छ।’
सचिव पोखरेलले सरकारले सहकारी क्षेत्रको नियमनका लागि छुट्टै प्राधिकरण बनाउने कामलाई अघि बढाएको पनि बताए। (न्युज एजेन्सी नेपाल)
यो पनि: सहकारीको १ अर्ब ५१ करोड फिर्ता, अरूले कहिले र कसरी पाउँछन् पैसा?