हुम्लामा वाम गठबन्धनका उम्मेद्वार छिमीदोर्जे लामा पराजित हुँदा बागी उम्मेद्वार छक्कबहादुर लामा विजयी भएका छन्।
छिमी र छक्कबहादुर ज्वाँइ ससुरा हुन्।
छक्कबहादुरले छोरी पेमा छोटेन लामाको विवाह छिमीसँग गरिदिएका थिए। द्वन्दकालमा पेमाको हत्या सुरक्षाकर्मीद्वारा भएको थियो।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका छक्कले टिकट पाएनन्। वाम गठबन्धनका तर्फबाट छिमिले टिकट पाए। उनी पनि माओवादी उम्मेदवार हुन्।
त्यसपछि छक्कले कमल चिन्ह लिएर स्वतन्त्र उम्मेद्वारी दिएका दिए।
हुम्लामा निर्वाचनको अन्तिम परिणाम अघि ज्वाँइ-ससुरा मिल्ने अड्कल काटिएको थियो। उनीहरु मिलेनन्।
हुम्लामा वुद्धिजिवीको छवि बनाएका छक्कले नै जिते।
उनले ८ हजार ४ सय ९१ मत पाएर विजयी बनेका छन्। भने छिमीले २ हजार ८ सय ५६ मत ल्याए।
कांग्रेसका मंगल बहादुर शाही छक्कका निकटतम प्रतिद्वन्द्वी हुन्। उनले ८ हजार ४ सय ४४ मत प्राप्त गरे।
ज्वाँइ र ससुराबीचको प्रतिष्पर्धा मा समेत मंगलबहादुरले जित निकाल्न सकेनन्। उनी ४७ मतले पराजित भए। छक्कबहादुर ४८ सालमा संयुक्त जनमोर्चाबाट सांसद भएका थिए। त्यसपछि उनी शाही शासनकालमा राज्यमन्त्री बनेका थिए। तर, पछि उनी पुन: माओवादीमा लागेका थिए।
२०७० मा छक्कबहादुर माओवादीबाट उम्मेद्वार बनेका थिए। छक्कबहादुर हुम्लाका बुद्धिजिवी राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनी ५ भाषा बोल्न सक्छन्। उनको 'सिमिकोट टू कैलाश' किताब समेत प्रकाशित छ।