शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरू भएका काठमाडौंका क्षेत्रहरूको प्रारम्भिक मत परिणाम आउन थालेको छ।
अहिलेसम्म काठमाडौं क्षेत्र नम्बर १ र ५ को मतपरिणाम सार्वजनिक भएको छ। क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रकाशमान सिंह अघि छन् भने उनका निकटतम प्रतिद्वन्दी विवेकशील साझाका रविन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन्।
२ हजार मत गणना हुँदा सिंहको ९ सय ४० र मिश्रको ६ सय ७५ आएको छ। वाम गठबन्धनका तर्फबाट माओवादीका अनिल शर्माको भने २ सय ६८ मत आएको छ।
काठमाडौंको क्षेत्र नम्बर ५ मा भने वाम गठबन्धनका तर्फबाट एमाले नेता इश्वर पोखरेल अघि छन्। काँग्रेसका प्रकाशशरण महत भने दोस्रो स्थानमा छन्। पोखरेलले ६ सय ८० ल्याएका छन् भने महतले २ सय ९८ मत ल्याएका छन्।