नुवाकोटमा कांग्रेसका दुवै उम्मेद्वार वाम गठबन्धनभन्दा पछाडि परेका छन्।
क्षेत्र नं १ का कांग्रेस उम्मेद्वार रामशरण महत वाम गठबन्धनका उम्मेद्वारभन्दा ८ सय मतले पछाडि छन्।
गठबन्धनका माओवादी उम्मेद्वार हितबहादुर तामाङले ५ हजार ९९ मत प्राप्त गरेका छन् भने महतले ४ हजार २ सय १० मत प्राप्त गरेका छन्। क्षेत्र नं २ का उम्मेद्वार अर्जुन नरसिंह केसी एमालेका नारायणप्रसाद खतिवडा भन्दा २ हजार मतले पछाडि परेका छन्।
केसीले ४ हजार १ सय १ मत प्राप्त गर्दा खतिवडाको ६ हजार २ सय ३३ मत प्राप्त गरेका छन्।