जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबार साँझसम्ममा विराटनगरबाट निर्वाचन आचारसंहिता विपरीतका सय किलोभन्दा बढी सामग्री हटाएको छ।
सडकको दायाँबायाँ झुण्ड्याइएको अवस्थामा राखिएका त्यस्ता सामग्री विराटनगरको मुख्य बजारदेखि पुष्पलाल चौकसम्म, कञ्चनबारीक्षेत्र र विराटनगर–५ को कोचाखाल क्षेत्रबाट हटाइएको हो।
भोलि बिहिबार हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मतदातालाई आकर्षित पार्नका लागि राखिएका त्यस्ता आचारसंहिता विपरीत सामग्री जिल्लाका अन्य ठाउँबाट सुरक्षाकर्मी र निर्वाचन आयोगको टोलीले हटाएका हुन्।