वाम गठबन्धनका उम्मेदवार रतन थापाको जिपमा अज्ञात समूहले आगजनी गरेको छ।
उनी कैलाली क्षेत्र नम्बर २ 'ख' का उम्मेदवार हुन्।
लम्की चुहा नगरपालिकास्थित घरमा राखिएको बा १६ च ६८९९ नम्बरको जिपमा आज बिहान आगजनी भएको हो। आगजनी कसले गरेको हो ?भन्ने भने यकिन भएको छैन।
घटनामा सम्लग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आगजनीबाट जिप पूर्ण रूपमा नष्ट भएको छ।