राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामशंकर यादवसहित दर्जनौँ नेता/ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जिल्लाको कल्याणपुर नगरपालिकाको बेल्हामा आयोजित चुनावी सभाको अवसरमा केन्द्रीय सदस्य यादवसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
यादवसँगै राजपाका स्थानीय नेता शिव नारायण यादवको नेतृत्वमा पनि दर्जनौँ स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।
प्रवेश भएका सबैलाई माओवादी केन्द्रका सचिवालय सदस्य जगत यादव, युवा नेता तथा पूर्वमन्त्री अजय शंकर नायक लगायतका नेताले स्वागत गरेका थिए । राजपामा बसेर मधेसका जनताको आधारभूत आवश्यकता समाधान हुन नसक्ने बताउँदै अन्य नेतालाई समेत गठबन्धनमा प्रवेश गर्न नेता यादवले आह्वान गरे ।
कार्यक्रमको अवसरमा सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिएका नायकले जनताको जनजीविका, विकास, गरिबि र बेरोजगारी लगायतका समस्या समाधान वाम गठबन्धनबाट मात्रै सम्भव रहेको बताए ।