जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म । पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो। ६ दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ। तस्बिरः सन्तोष पुर्कुटी
आक्रोश । आक्रोशित पठाओ राइडरले सोमबार नयाँ बानेश्वरस्थित पठाओ कार्यालयमा ढुंगामुडा गरेपछि फुटेको झ्यालका सिसा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
भेटवार्ता । नयाँ वानेश्वरस्थित होटल एभरेष्टमा चिनीयाँ प्रतिनिधि मण्डलसँग भेट गरेर फर्कदै नेकपा अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः निशा भण्डारी