आजका तस्बिर- मंसिर ६
आजका तस्बिर- मंसिर ६
मिरा पिक हिमाल ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल। विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकषर्णको केन्द्रको रूपमा रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर ६
त्रिवि मैदान ।  मङ्सिर १५ देखी हुने नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको निम्ति तैयार गरिदै गरेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान। पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा त्रिवि मैदानमा २० दिनमा ३२ खेल हुँदैछन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- मंसिर ६
पिसाङ गाउँको पृष्ठभूमिमा स्वर्गद्वारी पहाड ।  अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँको पृष्ठभूमिमा अवस्थित स्वर्गद्वारी पहाड । तस्बिर: नवीन लामिछाने/ रासस
आजका तस्बिर- मंसिर ६
सेनापति द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्दै ।  राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट भारतीय सेनाका सेनापति उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्दै। तस्बिरः प्रदीपराज वन्त/ रासस
आजका तस्बिर- मंसिर ६
दिउँसै देखिएको चन्द्रमा ।  शुक्लाफाँटा नगरपालिका–१० झलारीमा बिहीबार दिउँसै देखिएको चन्द्रमा। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
प्रतिक्रिया दिनुहोस्