सुर्खेत–जुम्ला सडकखण्ड । कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडबाट देखिएको तिला नदी र किनारमा रहेको सुर्खेत–जुम्ला सडकखण्डको दृश्य। तस्बिरः सुरेश आचार्य/रासस
हिमाल र हिमनदीको मार्ग । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको फेदीमा हिमनदीले बनाएको मार्ग र वरपरका हिमालको दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडि स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा। समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उद्देश्यले गुम्बा स्थापना भएको इतिहास छ। पछिल्लो समय व्यवस्थित रूपमा गुम्बाको पुनर्निर्माण गरिएको छ। तस्बिर: लेखबहादुर बुढा/रासस
मौरीका घार । कैलालीको भजनी नगररपालिका-३ स्थित तोरीखेत राखिएका मौरीका घारहरू। दाङका एक मौरी पालक किसानले मौरी चराउनका दाङबाट यहाँ मौरीका घार ल्याएका हुन्। किसानहरू तोरी फुल्ने समयमा मौरीघार लिएर विभिन्न जिल्ला पुग्ने गर्छन्। तस्बिर: ईन्द्राकुमारी केसी/रासस