काउले गाउँ । दाङको गढी लेकको काखमा अवस्थित करिब एक सय घरधुरीको बसोबास रहेको दाङको घोराही उपमहानगरपालिका-१ स्थित तोरी फुलेर पहेँलै देखिएको काउले गाउँ। तस्बिर: कुलदीप न्यौपाने/रासस
सामूहिक चौंरीपालन । डोल्पाको जगदुल्ला गाउँपालिका-४ स्थित भालुपाटन चौंरी फर्ममा रहेका चौंरीहरू। यस फर्ममा स्थानीय मिलेर सामूहिक रूपमा पाँचसय भन्दा धेरै चौंरीपालन गरेका छन्। चौंरी फर्मले दुध, दही, महि, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनको लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिर: लेखबहादुर बुढा/रासस
रारा ताल । मुगुको छायानाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालको सुन्दर दृश्य। तस्बिर: सुरेश आचार्य/रासस