आजका तस्बिर- मंसिर ८
आजका तस्बिर- मंसिर ८
डोल्पाको दुनै बजार ।  भेरी नदीको किनारमा जोखिममा रहेको डोल्पाको दुनै बजार। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर ८
कञ्चनजङ्घा हिमाल ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । कञ्चनजङ्घा हिमाल आठ हजार पाँचसय ८६ मिटर अग्लो रहेको छ। तस्बिरः दिलकुकमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर ८
ताङ्क्या पिक र पल्जुङ पिक हिमाल ।  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका– ७ मा पर्ने ताङ्क्या पिक र पल्जुङ पिक नामले परिचित हिमाल। यी हिमाल हिउँदे सिजन लागेसँगै हिउँको पर्खाइमा छन्। तस्बिरः लेखा बुढा/रासस
आजका तस्बिर- मंसिर ८
सडकमा ढुंगा बिछ्याउँदै कामदार ।  जुम्ला सदरमुकाम खलङ्गा बजारको मुख्य चोकको सडकमा ढुंगा बिछ्याउँदै कामदार। सडकमा ढुंगा बिछ्याएसँगै स्थानीयलाई यात्रा गर्न सहज भएको छ। तस्बिर: विजय रावत /रासस
आजका तस्बिर- मंसिर ८
घोडा चर्दै ।  भोजपुर मुन्धुम पदमार्ग अन्तर्गत मैयुङ्डाँडा क्षेत्रमा चर्दै गरेका घोडाहरू। तस्बिर: निरोज कोइराला/रासस
प्रतिक्रिया दिनुहोस्