ऐतिहासिक हरसिङडाँडा र हिमश्रृंखला । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको हरसिंह डाँडा र पृष्ठभूमिमा मनास्लु, हिमाल चुली, बौद्ध हिमाललगायतका हिमश्रृंखला। तस्बिर: जनक श्रेष्ठ/ रासस
घोङी खोज्दै महिला । दाङ देउखुरी लमही नगरपालिका–१ स्थित सुनडबरिका स्थानीय थारू महिला पोखरीमा घोङी खोज्दै। शङ्खेकीरा प्रजातिको घोङी थारूहरूको विशेष परिकार हो। तस्बिरःकुलदीप न्यौपाने/ रासस
नहरमा हिउँदेबालीका लागि सिँचाइ । वि. सं २०२४ मा उद्घाटन गरिएको बाँकेको कोहलपुर नगरपालिका–१० चट्टार सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरमा हिउँदे बालीका लागि छाडिएको सिँचाइ पानी। तस्बिरः रूपनी जिएम\ रासस
कडा चट्टान कटाइँदै । भेरी करिडोर सडक (जाजरकोट–डोल्पा) खण्डअन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ को तल्लुभीरमा कडा चट्टान काट्ने काम हुँदै। (जाजरकोट –डोल्पा) हाल ११८ किलोमिटर मध्य ५६ किलोमिटरमा पिचको काम भइरहेको छ। तस्बिरः हेमन्त केसी/ रासस
कञ्चनजंगा आधार शिविर अवलोकन । ताप्लेजुङ सिरिजंगा—८ क्षेत्रमा रहेको विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको दक्षिणी आधार शिविर क्षेत्रबाट जलवायु परिवर्तनका प्रभाव र हिमपहिरोको अवलोकन गर्दै सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्र माबो। तस्बिरः दिलकुमार लिम्बू/ रासस