कोरा लगाउँदै । काठमाडौंको वौद्ध चैत्य परिसरमा मास्क लगाएर कोरा लगाउँदै एक वौद्ध धर्मावलम्बी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
मध्यवर्ती क्षेत्रमा देखिएको गैँडा । नवलपुरको दिव्य मध्यवर्ती क्षेत्रको जङ्गलमा देखिएको गैँडा। वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आकर्षक गन्तव्य हो। तस्बिरः वासुदेव पौडेल/रासस
कुहिरो र हिमाल । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीबाट देखिएको कुहिरो र हिमाल। छिम्केश्वरी जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
बाघको मित्रता । बिहिबारदेखि सर्वसाधारणका लागि खुला भएको जावालखेलस्थित सदर चिडियाखानामा रमाइरहेका एक जोडी बाघ। तस्बिरः निशा भण्डारी/सेतोपाटी