कायकिङ्को मजा । धादिङस्थित त्रिशुलीको छालमा नदी पथप्रदर्शक कायकिङ्को मजा लिँदै । छालमा रमाउन पाउने हुँदा पर्यटक यहाँको जलयात्रामा आकर्षित हुन्छन्। तस्वीर: नारायण ढुङ्गाना/रासस
बेल्फीखोला झरना । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित बेल्फीखोला झरना । दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै धवलागिरि पदमार्गअन्तर्गत रहेको यस झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिर: कमल खत्री/रासस
माटोको मूर्ति । मूर्ति बनाउँदै रुपन्देहीका चन्द्रपाल केवट, १४ वर्षको उमेरदेखि माटोका मूर्ति बनाउँदै आएका केवटले बडादशैं र तिहारमा मूर्ति बनाएर वार्षिक ३/४ लाख रुपैया आम्दानी गर्छन्। तस्बिरः भगवती पाण्
तरकारी ओसार्दै । बल्खुस्थित तरकारी बजारमा तरकारी ओसार्दै कामदार। तस्बिरः नारायण महर्जन/सेतोपाटी