मूर्ति विसर्जन । विश्वकर्मा पूजाको भोलिपल्ट चोभारमा लगेर विश्वकर्मा बाबाको मूर्ति खोलामा विर्सजन गर्दै भक्तजन। तस्बिर : निशा भण्डारी
जनकपुरमा फेरि रेल आएपछि... । ६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल पुन: सञ्चालनमा आएसँगै रेल हेर्नेको भीड। तस्बिर : नेहा झा
सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला । चन्द्रागिरि नगरपालिका वडा नं ९ मा रहेको मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरू भएको छ। कोभिड–१९ का कारण मन्दिरमा भक्तजन आवतजावतमा धेरै नै कम छ। तस्बिर : नारायण महर्जन