ह्याप्पी बर्थडे । दक्षिण पश्चिम चीनको चोङकिङस्थित चोङकिङ चिडियाखानामा आफ्नो विशेष जन्मदिनको केकसँग रमाउँदै पाण्डा। चिडियाखानाले आइतबार पाण्डाको ३८ औं जन्मदिन बनाएको छ। तस्बिर: सिन्ह्वा/रासस
भौतिक दूरी । दक्षिण कोरियाको राजधानी सउलस्थित एक चर्चमा भौतिक दूरी कायम गरेर प्रार्थना गर्दै क्रिश्चियन धर्मालम्बी। कोरियामा आइतबार पाँच महिनापछि सबैभन्दा धेरै २७९जनामा कोरोनाको संक्रमण देखिएको छ। तस्बिर:
बाढीबाट बस्तीमा क्षति । नुवाकोटको विदुर नगरपालिका–१० स्थित पात्लेखोलामा शनिबार राति आएको बाढीले गेर्खुखोला बस्तीमा पु¥याएको क्षति । यहाँ बाढीले १२ घरपरिवारलाई क्षति पु¥याउनुका साथै विद्युत, खानेपानीलगायत सेवा अवरु