सुरु भयो होली । काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याइँदै। मंगलबारदेखि होली विधिवत् रूपमा सुरू भएको छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
हिमश्रृङ्खला । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरी डाँडाबाट देखिएको हिमश्रृङ्खलाको मनोरम दृश्य। तनहुँको सबभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा अहिले सर्वसाधारणको आकर्षण बढेको छ। तस्बिर :रासस
बन्दको सदुपयोग । थरुहट बन्दले सुनसान बनेको दाङ तुलसीपुरको मुख्य सडकमा जेब्राक्रस बनाउँदै ट्राफिक प्रहरी। तस्वीर : नारायण खड्का/सेतोपाटी
भैरवको मुर्ति अगाडि बौद्ध पूजा । वसन्तपुर दरवार स्क्वायर परिसरमा रहेको स्वेत भैरवको मुर्ति अगाडि पूजा गर्दै बौद्ध भिक्षुहरू। तस्विरः नारायण महर्जन
भवन निर्माण । बानेश्वरमा नागरिक लगानी कोषको भवन निर्माण गर्दै कामदारहरु। तस्विरः नारायण महर्जन