तीर्थयात्री । मुक्तिनाथ दर्शनका लागि बुधबार बारमुक्ति क्षेत्र गाउँपालिका २ झाकोटस्थित घोडाचढी जाँदै तीर्थयात्री। हिमपातका कारण यातायातका साधन ठप्प भएपछि तीर्थयात्रीलाई कठिनाइ परेको छ। तस्वीर: नवीन लामिछाने
नाउरको बथान । मनाङ ङिस्याङ गाउँपालिका ८ गुमछाङस्थित पहाडमा बुधबार भेटिएको नाउरको बथान। समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ। तस्वीर: नवीन लामिछाने/रासस
लेख्न सिकाउँदै । काठमाडौं स्वयम्भू परिसरमा रहेको सरस्वती मन्दिरमा श्रीपञ्चमीका अवसरमा अक्षर लेख्न सिकाउँदै एक महिला। श्रीपञ्चमीलाई शुभकार्य प्रारम्भका लागि राम्रो दिनका रुपमा लिइन्छ। तस्बिरः नारायण महर्जन
घाम ताप्दै । वसन्तपुर दरवार स्क्वायरमा रहेको गद्धी बैठक परिसरमा घाम ताप्दै महिलाहरू। तस्बिरः नारायण महर्जन