फेवातालमा डुंगा सरर...: । हालैको एक साँझ फेवातालमा डुंगा सयर गर्दै आगन्तुकहरु।
‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट’ । नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा सँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट’ पनि लोकार्पण गर्दै। तस्बिरः नारायण महर्जन
नारायण्गढ–मुग्लिन सडकखण्ड । नारायण्गढ–मुग्लिन सडकखण्डअन्तरगत पहिरो जोखिम क्षेत्रको चट्टाने भीरमा काम गर्दै मजदुर । यहाँको आठ स्थान पहिरोको उच्च जोखिम रहेकाले अहिले रक नेटिङ र बोल्टिङको काम जारी छ । तस्वीर: नारायण ढुङ्गा
हिउँमा रमाउँदै । पर्यटकीय गाउँ ठिनीमा हिउँ पर्दा थकाली पहिरनमा ठिनी गाउँका महिला हिउँमा रमाउँदै सेल्फी लिँदै । पछाडि ठिनी गाउँ र जोमसोम बजार। ११० घर रहेको ठिनी गाउँमा १२ घरमा घरबास सञ्चालित छन् । दुई हजार ८६०