पूजा गर्दै । काठमाडौंको बसन्तपुरस्थित काल भैरव मन्दिरमा पूजा गर्दै एक भक्तजन। तस्बिरः नारायण महर्जन
रामलीला मञ्चन । नेपालगञ्जको साँस्कृतिक पहिचानको रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन गर्दै कलाकार। यो वर्ष रामलीलाको १५२ औैं संस्करण गए रातिदेखि प्रारम्भ भएको छ। तस्बिर: भेषराज बस्नेत
टोपी छान्दै । सोमबार असनमा टोपी छान्दै एक महिला। तस्बिरः नारायण महर्जन
खुला दिसामुक्त राष्ट्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपछि खुला दिसामुक्त लेखिएको ब्यानरका साथ विद्यार्थीहरू। तस्बिरः नारायण महर्जन
दशैँकालागि भेडाच्याङ्ग्रा । दशैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएका भेडाच्याङ्ग्रा। दशैँमा लेकाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्राको माग अत्यधिक हुनेगर्छ। तस्बिरः कमल खत्री
भाउ नपाउँदा । जुम्ला जिल्ला कनकासुन्दरी गाउँ पालिकामा स्याउले भाउ नपाउँदा स्टोरमै थन्कियो। तस्वीर: उपेन्द्रप्रसाद न्यौपाने
नदीको बीचैमा टिब । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित बबई नदीमा माछा बल्झाउने नदीको बीचमा स्थानीयले थापेको परम्परागत टिब। तस्वीर : नारायण खड्का / सेतोपाटी।