एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस काठमाडौं’ले यसबर्ष पनि निरन्तरता पाउने भएको छ।
आइतबार एक विज्ञाप्ति जारी गर्दै आयोजक एक्सपोजले दुबै प्रतियोगीताका लागी एकसाथ आवेदन खुल्ला गरेको छ। यो प्रतियोगिता मध्ये ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौ’मा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीले सहभागीता जनाउन सक्नेछन्।
युवायुवतीको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगीता आयोजना हुँदै आएको एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए।
बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धा गर्न पाउनेछन्। जसका लागि स्वीमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, ग्रुमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण समेत आयोजले दिनेछ।
प्रतिभावान र बौद्धिक ब्याक्तिको क्षमतालाई सबैसामु उजागर गर्ने मुख्य उदेश्य कार्यक्रमको रहेको एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन्।
शिर्ष सहित प्रतियोगी १६ विभिन्न विधामा पुरस्कृत हुनेछन्। प्रतियोगीताको बिषय बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुका साथै चलचित्र ,म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै बिभिन्न गिफ्ट समेत उपहारका रुपमा प्राप्त गर्न सक्नेछन्।