क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधि चितवनका सुमन सापकोटाले हात पारेका छन्। उनले जितसँगै क्यानन ६ डि क्यामेरा पुरस्कार पाएका छन्।
काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको ।
उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका थिए । यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पाएको छ। उनले क्याननकै ७५० डि क्यामेरा पाएका छन् ।
उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए। यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए ।
अवार्ड बिजेताहरुलाइ प्रमुख अतिथी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले शील्ड, पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए।
पुरस्कृत भएका फोटोहरुसँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिदै संघका अध्यक्ष भबदेब थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अवलोकनका लागि आउन सर्बसाधारणलाई आग्रहरु गरे ।
काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको वेडिङ फोटोग्राफी प्रतियोगिता पाँचौ संस्करणमा पुगेका बताउँदै संघका सचिब भोजराज घिमीरेले आगामी दिनमा पनि यसको निरन्तरता रहने बिश्वास ब्यक्त गरे ।
७ सय भन्दा बढी फोटोग्राफरहरुका लगभग १२ सय फोटोहरु समावेश भएको बताउँदै फोटो अवार्डका संयोजक धर्मराज केसीले यो पटकको अवार्ड काठमाडौंका फोटोग्राफरहरुलाई पछि पार्दै उपत्यका भन्दा बाहिरको फोटोग्राफरले जितेको बताए । मोफसलमा पनि यो कार्यक्रमको प्रभाव बढेको बताउँदै संयोजक केसीले आगामी बर्षहरुमा यसको प्रभाव नेपालभर पर्ने दाबी गरे ।
फोटो प्रतियोगिताको निर्णायकमा योगेन्द्र जंग बस्नेत,रत्न मान आशु र बालकृष्ण श्रेष्ठ रहेका थिए ।