अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटा कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
अर्थमन्त्री कार्कीले आन्तरिक उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्न सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको पनि स्पष्ट पारे। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दीगो आर्थिक विकासका लागि स्थानीय स्रोत, साधनलाई परिचालन गर्ने नीति लिइएको पनि स्मरण गराए।
कार्कीले स्थानीय तहमा आर्थिक गतिविधिलाई तीव्रता दिने गरी बजेटको व्यवस्था गरिएको पनि बताए। उनले आर्थिक बृद्धिदरलाइ बढाउँदै लैजाने गरी सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको पनि उल्लेख गरे।
सरकारले चालू आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ।