पूर्वराष्ट्रपति डा. रामवरण यादवले बीपी कोइरालाको योगदानलाई बेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामा परेको टिप्पणी गरेका छन्।
यादवले बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्मरण गरे मुलुकका सबै समस्या समाधान हुने दाबी पनि गरे। उनले काँग्रेसलाई बीपी कोइरालाको योगदानलाई कदर गर्न जनताको घरदैलोमा पुग्न पनि सुझाव दिए।
बीपी कोइरालाको ३५ औं समृद्धि दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौल्दै पूर्वराष्ट्रपति यादवले चरणवद्ध चुनाव हुँदा पनि काँग्रेस जनतामा नगएकाले मुलुकको राष्ट्रियता कमजोर बन्न पुगेको धारणा पनि राखे।
यादवले बीपी कोइरालाले नेपालका मात्र नभइ भारतको स्वतन्त्रता आन्दोलनमा पनि महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराए।