स्पेनको मुर्सिया प्रान्तका ६ वटा समुद्री तटमा अबदेखि निर्वस्त्र नुहाउन नपाइने नियम बनेको छ। स्थानीय नगरपालिकाले निर्वस्त्रताको नाममा लाजै लाग्ने गरी खुलेआम यौन सम्पर्क हुन थालेको भनी कडा कानून अगाडि ल्याएको हो।
बेलुकी ८ बजेदेखि चर्को स्वरमा सँगीत बजाउन नपाइने, कुकुर लिएर घुम्न नपाइने, जहाँ पायो त्यहीँ उभिएर पिसाब गर्न नपाइने, रातिको समयमा पाल गाडेर बस्नुपरे स्थानीय अधिकारीको अनुमति पत्र चाहिने गरी कडा नियम बनाएको हो।
मुर्सियाको यो समुद्री तट गर्मीमा निर्वस्त्र स्नानको निम्ति निकै चर्चित क्षेत्र हो। सँसारभरका मानिसहरु नाँगैबुँगै नुहाउन यो समुद्रमा आउँछन्। बालबच्चादेखि वृद्धसम्म निर्वस्त्र नुहाउने भएकोले स्पेनिशहरुले बच्चा नभए मुर्सिया जानू भन्ने उखानै बनाएका थिए।
लागू औषधको चरम उपयोग, यौन व्यवसाय बढ्दै गएको र यो क्षेत्रकै बदनाम भएकोले नयाँ नियम ल्याएको भनी मेयरले भनेका छन्। कानून उल्लँघन गर्नेलाई साढे ७ सय युरो जरिवाना तोकिएको छ।