नेशनल लाईफ इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा साउन २७ गते नेशनल लाईफ इन्स्योरेन्सको भवन, केन्द्रीय कार्यालय लाजिम्पाटमा हुने भएको छ ।
सो सभाको विशेष प्रस्तावमा लाभांशको रूपमा चुक्तापूँजीको २५ प्रतिशत बोनश शेयर पारित गर्ने रहेको छ । यसका साथै, कम्पनीले हकप्रद शेयरको अनुपात परिमार्जन गरेर बोनसपछि मात्र हकप्रद विक्री गर्ने भएको छ । कम्पनीले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेको हो । २५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले अब बोनस वितरण गरेर ६० प्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव अगाडि बढाएको छ ।