सेनेगलमा आइतबार रंगशालाको पर्खाल भत्किदा ८ जनाको निधन भएको छ भने ४९ घाइते भएका छन्।
सेनेगलको राजधानी डाकारस्थित डेम्बा डिओप रंगशालाको पर्खाल स्टेड डे माबोर र युनियन स्पोर्टिभ ओआकामबीच लिग कपको फाइनल खेल भइरहँदा भत्किएको थियो।
घटना सुरक्षाकर्मी र फुटबल समर्थकबीच भिडन्त भएपछि भएको थियो।
दुवै पक्षका समर्थकहरु खेलको दौरान झगडा गर्न थालेपछि प्रहरीले अश्रृग्यास प्रहार गरेको थियो। जसबाट बच्न भागाभाग हुँदा पर्खाल भत्किएर दुःखद घटना हुन पुग्यो।
९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा माबोरले गोल गर्दै २–१ को अग्रता बनाएको थियो। दूर्घटना रेफ्रिले खेल सकिएको जनाउन दिन सिट्टी फुक्नुअघि भयो।
सेनेगलका राष्ट्रपति माके सालले आगामी निर्वाचनका लागि आफूले थालेको प्रचार अभियानलाई यो घटनापछि आइतबार स्थगित गरेका छन्।