चलचित्रमा काम गर्दा कलाकारले एक अर्कालार्इ चिन्ने मौका पाउँछन्। कसैले आफूभन्दा सिनियर, जुनियर कलाकारसँग काम गर्ने अवशर समेत पाएक हुन्छन्। सँगै काम गर्दा कुनै कलाकारले एउटा असल साथी पाउँछन त कसैल जीवनसाथी।
यस्ता थुप्रै बलिउडका कलाकार छन् जो चलचित्रकर्मीसँगै मै जीवनसाथी भएका छन्।
अमिताभ बच्चन र जया भादुडी
अमिताभ बच्चन र जया भादुडीको प्रेम कथा ऋषकेश मुखर्जीको फिल्म गुड्डीबाट शुरू भएको थियो। उनको प्रेमलाई अहिले ४४ वर्ष भएको छ।
धमेन्द्र र हेमा मालीनी
बलिउडमा सुन्दर अभिनेत्रीको उपमा पाएकी ड्रिम गर्ल हेमा मालीनी र धर्मेन्द्रले चलचित्र तुम हसिनमै जवानमासँगै काम गरेका थिए। त्यस फिल्मको सुटिङका क्रममा उनीहरु नजिकिए। सम्बन्ध अगाडि बढाउने सोच बनाए र बलिउडको सफल चलचित्र शोलेको काम सकेपछि हेमा र धर्मेन्द्रले विवाह गरे।
ऋषि कपुर र नीतु कपुर
ऋषि कपुर र नीतु कपुरबीच पहिलो हेराइमा नै प्रेम भने बसेको थिएन। लामो संगतपछि उनीहरु नजिकिदै गए सम्बन्ध अगाडि बढ्दै गयो। अन्तिमत उनीहरु विवाहको बन्धनमा बाधिए।
अजय देवगन र काजोल
बलिउडमा सबैभन्दा शान्त र सुन्दर तरिकाले रहने जोडि हो अजय र काजोलको जोडी। अजय देवगन र काजोलले पहिलो पटक फिल्म हलचलमासँगै काम गरेका थिए। यिनीहरुबीच आजसम्म कुनै बादविवाद र मनमुटाव भएको कुनै खबर बाहिर आएको छैन।
अक्षय कुमार ट्विकल खन्ना 
बलिउडको सुन्दर जोडी मानिने जोडिमा एक हो अक्षय कुमार र ट्वींकल खन्नाको जोडी। यो जोडीले दुर्इ चलचित्र इन्टरनेशनल खेलाडी र जुल्मीमासँगै काम गरेका थिए।
सैफ अली खान र करीना कपुर
सैफीना युतो र एलओसी कारगीलमासँगै काम गरेपनि करिना र सैफको सम्बन्ध भने फिल्म टशनबाट अगाडि बढ्यो। त्यो सम्बन्धलाई उनीहरुले विवाहमा परीणत गरे।
अमिर खान र किरण राव
फिल्म लगान अमिर खानको लागि खास रह्यो। उनको फिल्म लगान ओस्कर अवार्डको लागि नोमिनेशनमा समेत परेको थियो। अभिनेता अमिरले जीवनसाथी किरण रावलाई यसै फिल्मबाट पाएका हुन्।
अभिषेक बच्चन र ऐश्वर्या राय
अभिषेक बच्चन र ऐश्वर्या रायले पहिलो चलचित्र बन्टी और बबली र दोस्रो चलचित्र गुरुमा संगैकाम गरेका थिए। गुरुमा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। चलचित्र गुरुको प्रमोशन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐसले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरे।
रितेश देशमुख र जेनेलिया डिसूजा
रितेश देशमुख र जेनेलिया डिसूजा फिल्म तुझे मेरी कसमको स’टिङका क्रममा असल साथी बने। उनिहरुले त्यो मित्रतालाई ९ वर्षको लामो समयपछि विवाहमा परीणत गरे।