एपिएफ क्लबको फूटबल खेल प्रवद्र्धन गर्दै आएको अग्नी इन्कर्पोरेटेडले एपिएफलाई जर्सी प्रदान गरेको छ।
अग्नि ग्रुपका अर्जुन शर्माले एपिएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा १ हजार १ सय २८ थान जर्सी प्रदान गरे।
अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ। यस अवस्थामा अग्निले एपिएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ।
नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ। अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगतमा केन्द्रित गराएको छ।
सन् १९९१ मा नेपालमा स्थापना भई विस्तार भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्निी इनर्जी, अग्नि मोटो इन्क, बालाजू अटो वक्र्स रहेका छन्। यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेकल, ट्र्याक्ट, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन्।