नेपालमा दिगो विकास लक्ष्य (एसडिजी)का बारेमा सर्वसाधारण माझ जनचेतना जगाउने उद्देश्यले यती एयरलाइन्सले नेपाल स्थित संयुक्त राष्ट्रसंघसंगको सहकार्यमा एसडिजी लोगो अंकित नयाँ बोर्डिङ पास सार्वजनिक गरेको छ।
११ जुलाइमा एसडिजी ब्राण्डिङ सहित सार्वजनिक गरिएको नयाँ बोर्डिङ पासमा १७ बुँदाहरुलाइ विशेष जोड दिइएको छ।
सन् २०१५मा नेपाल लगायत यूएन सदस्य राज्यद्वारा अवलम्वन गरिएको एसडिजी सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना हो।
मे महिनामा यूएन नेपाल र यती एयरलाइन्सले नेपालमा एसडीजीको प्रचार र उपलब्धीका लागि सहकार्यको सहमति गरेको थियो। यस सहकार्य अन्तर्गत एसडिजी सम्बन्धि जनचेतना जगाउनुका साथै दुबै संस्थाले उडान तथा पर्यावरण क्षेत्रमा पर्यावरण सन्तुलनका क्षेत्र, गरिबी निवारण र लैंगिक समानताका लागि नवप्रबर्तनात्मक तथा दिगो विजनेश मोडल अपनाउन समेत सहकार्य गर्नेछन्।